पाल्पा– नेकपा (माओबादी केन्द्र) जिल्ला समन्वय समितिले तय गरेको बैचारिक – राजनैतिक अभियान अन्तरगत तानसेन १० तेल्घामा टोल कमिटि गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पालिकाका १४ वटै वडाहरुमा संगठन विस्तार, स्थानीय निर्वाचनको तयारीका लागि राजनीतिक बैचारिक कार्यक्रम गरेको हो । कार्यक्रममा पार्टीका प्रदेश सदस्य मथुरा ढकालले देशको विकास र संघीयता र गणतन्त्रको रक्षाको लागि पुनः एकपटक माओवादी आन्दोलनमा गोलबद्ध हुनुपर्ने बताउनुभयो ।
भेलाले राजेन्द्र रानाको अध्यक्षतामा १०५ सदस्यीय वडा, टोल कमिटि गठन गरेको छ । साथै अन्य क्रान्तिकारी विचारधाराका स्थानीय समेत माओवादी आन्दोलनमा आवद्ध भएको वाइसिएलका नेता नवराज बस्यालले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय