Erani Mahal
पुरुषोत्तम गैरेको नयाँ गीत सार्वजनिक
275512145_390590832397353_5618301613845566743_n
पाल्पा – पाल्पाली युवा सर्जक तथा गायक पुरुषोत्तम गैरेको नयाँ गीत पाल्पाली ढाकाको भिडियो विमोचन गरिएको छ । आइतबार तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले गीतको भिडियो डिजिटल प्रविधि मार्फत विमोचन गर्नुभयाे । पाल्पाली ढाका नामक गीतमा समग्र पाल्पा जिल्लाभरमा रहेको चिनारीका बस्तुदेखि लिएर पर्यटकीय स्थानहरुलाई समेटिएकाे निर्माण पक्षकाे दावी छ । कार्यक्रमका प्रमुख अतिथि शाहीले गीतले समग्र जिल्लालाई समेटेको र पाल्पाको भाव बोलेको भन्दै प्रसंंसा गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पाली ढाका नामक गीतको भिडियो राम्रो बनेको भन्दै यसले पाल्पाको पर्यटन बिकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सेना, तानसेन नगरपालिका – ६ का वडा अध्यक्ष सागरमान महर्जन लागायतले गीतको सफलताको कामना दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update