Erani Mahal
तम्घासमा चैत २५ गतेदेखि चौथो गुल्मी महोत्सवको हुने
Gulmi-mahotsawa
गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवम् औद्योगिक मेलाको आयोजना गरेको हो । गुल्मी उद्योग बाणिज्य संघले चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न २३ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update