Erani Mahal
पाल्पामा काेराेना संक्रमण दर घट्दै एक अंकमा झर्याे सक्रिय संक्रमित संख्या
Child-Corona-Virus-1024x624
पाल्पा- पाल्पामा अहिले ९ जना मात्र कोरोना सक्रिय सङ्क्रमितहरु रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा चार जना कोरोना सक्रिय सङ्क्रमितहरु निको भएसंगै जिल्ला कोरोना सक्रिय सङ्क्रमितहरुको संख्या एक अंकमा झरेको हो । निको हुने चारै जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिकामा ३ जना,रिब्दिकोट गाउँपलिकामा २ जना,रैनादेबी छहरा गाउँपालिकामा २ जना,पूर्बखोला गाउँपालिकामा १ जना र माथागढी गाउँपालिकामा १ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । जिल्लामा कोराना सङ्क्रमणकै कारण हाल सम्म २ सय ६६ जनाको मृत्यु भईसकेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update