Erani Mahal
होमस्टे महासंघ नेपालको तानसेन नगर अध्यक्षमा भण्डारी !
IMG_4759
पाल्पा - होमस्टे एसोसियसन महासंघकाे तानसेन नगर अध्यक्षमा जानकी कुमारी भण्डारीकाे अध्यक्षतामा समिति गठन गरेकाे छ । होमस्टे एसोसियसन नेपालले आफ्नो संस्था (HOSAN) लाई बिधान संसोधन गरी होमस्टे महासंघ नेपालको अवधारणा अनुसार अगाडि बढाउन तानसेनमा नगर समितिकाे गठन गरेकाे हाे । महासंघ अवधारणा अनुरूप बिधान अनुसार मापदण्ड पुगेका देशभरका होमस्टेहरूको पालिका स्तरीय प्रथम अधिवेशन गरी तदर्थ समिति समेत गठन गरेको महासंघले जनाएकाे छ । यसै अन्तर्गत तानसेन नगरपालिकामा संचालित मापदण्ड पुगेका होमस्टेहरू मदनपोखरा सामदायिक होमस्टे, रानीमहल मगरी होमस्टे बौघागुम्बा र तानसेनको भगवती टोलमा संचालित होमस्टेहरूका बीच होमस्टे महासंघ नेपालको तानसेन नगरपालिका स्तरीय तदर्थ समिति गठन भएको हो । कार्यक्रममा तिनाउ गाऊँपालिका जन्तीलुङ होम स्टेको पनी सहभागिता रहेको थियो । प्रथम पालिका स्तरीय अधिवेशन तानसेन होमस्टे समितिका अध्यक्ष मनमोहन श्रेष्ठको अध्यक्षता तथा HOSAN केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज धनिश्वर बश्यालको प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रम बिमल बस्यालले संचालन गर्नुभएकाे थियाे । नव निर्वाचित अध्यक्ष जानकी कुमारी भण्डारी, सचिव बिमल बश्याल, उपाध्यक्ष सीता पूरी, सहित सात सदस्यीय तदर्थ समिति गठन भएको छ । नव निर्वाचित अध्यक्ष जानकी भण्डारी ले स्वरोजगारको क्षेत्रमा नमूना अवधारणा हुन सफल होमस्टे सेवालाई थप लगनशीलता का साथ आगाड़ी बढ़ाउदै पर्यटनको क्षेत्रमा तानसेन नगरपालिकाको परिचय हस्पिटालिटीको माध्यम बाट नेपाल तथा विश्वभर फैलाउन सकिने धारणा ब्यक्त गर्नु भयो । १२ बर्षदेखी होराइजन होमस्टेको माध्यमबाट यस अभियानमा लगनशीलताका साथ अगाडी बढिरहेकी नव निर्वाचित जानकी कुमारी भण्डारी HOSAN तदर्थ समिति केन्द्रीय समिति सदस्य समेत रहनुभएकाे छ ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update