Erani Mahal
इन्जिनियर घिमिरेकाे नेपाल इन्जिनियर्स एशोसियसनको लुम्बिनी प्रदेश सदस्यमा उम्मेद्वारी
bbd
पाल्पा - नेपाल इन्जिनियर्स एशोसियसनको लुम्बिनी प्रदेश सदस्य पदमा प्रोग्रेसिभ ईन्जिनियररिङ यशोसीयसन नेपाल(पिन) बाट पाल्पाका इन्जिनियर दिपेश घिमिरेले उम्मेदवारी दिनुभएकाे छ । तानसेन नगरपालिकामा कार्यरत घिमिरेले प्रदेश सदस्यका लागि उम्मेदवारी दिनुभएकाे हाे । नेपाल इन्जिनियर्स एशोसियसनको यही फागुन २७ गते निर्वाचन हुँदैछ । सबै इन्जिनियरहरुको हकहितलाई कार्यान्वयन गर्न, ईन्जिनियरिङ क्षेत्र को समग्र विकास र ईन्जिनियरिङ पेशाकर्मीहरुको एकताका लागि आफूले उम्मेदवारी दिएको घिमिरेले बताउनुभयाे । "बिज्ञान र प्रबिधि विकास को मुल मन्त्र हो, समृद्ध नेपाल का लागि बौद्धिक सयंन्त्र अनिवार्य छ, उहाँले भन्नुभयाे । समृद्ध नेपाल निर्माण गर्न पनि राजनितिक नेतृत्वमा ईन्जिनियरहरुको सकृय सहभागीता हुन जरुरी देखिन्छ । यो वा त्यो बहानामा इन्जिनियरहरु पिल्सिने गरेका छन्, समस्यामा परेका इन्जिनियर साथीहरुको समस्या समाधान गर्न कटिबद्ध ढंगले लाग्नेछु ।’ ईन्जिनियरिङ पेशालाई थप मर्यादित बनाउदैँ यस समुदायको समस्या समधानमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुको साथ सहयोग मार्गनिर्देशन र अमुल्य मतको अपेक्षा गरेको घिमिरेकाे दावी छ । इन्जिनियर घिमिरेले लुम्बिनी ईन्जिनियरिङ कलेज बाट सिभिल ईन्जिनियरिङमा बिई गर्नुभएकाे छ । साथै सोही कलेजका निर्वाचित स्ववियु सभापति समेत रहनुभएकाे छ । विद्यार्थी जीवनबाट प्रष्ट बक्ताको रुपमा परिचय बनाएका घिमिरे अनेरास्ववियुका विभिन्न कमिटी हुँदै प्रोग्रेसिभ ईन्जिनियरिङ येसोशियसन नेपाल (पिन) का प्रदेश सदस्य समेत रहनुभएकाे छ । उहाँ हाल लुम्बिनी ईन्जिनियरिङ कलेजमा स्नातकोत्तर अध्ययनरत रहनुभएकाे छ । नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा लुम्बिनी प्रदेशको सदस्यमा उम्मेदवारी दिएका घिमिरेको प्यानलबाट सभापतिमा बरिस्ठ ईन्जिनियर जीवन अर्याल, केन्द्रीय सदस्यमा सिनियर ईन्जिनियर जयलाल मरासिनीले उम्मेदवारी दिनु भएको पिन पाल्पा जिल्ला अध्यक्ष प्रकाश गैरले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update