Erani Mahal
नेपाली बजारमा सुनकाे भाउ एक लाख पुग्याे !
gold
काठमाडौँ - नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update