Erani Mahal
पत्रकार एवं साहित्यकार बिके पाल्पालीको  निधन
bk
पाल्पा- पाल्पामा जन्मिएका पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । उहाँको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो । दुवै मिर्गौलामा समस्या आएपछि लामो समयदेखि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना संक्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको परिवारले जनाएका छन् । पाल्पालीको मंगलबार राती नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा समेत सक्रिय रहनुभएकाे थियाे । कानुन व्यवसायीसमेत रहेका पाल्पालीकाे रेणुका भट्टराई र एक छोरा, एक छोरी रहनुभएकाे छ । पाल्पालीको निधनप्रति पाल्पाका पत्रकार र साहित्यकारहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update