Erani Mahal
विद्यालयकाे २५ औँ वार्षिकाेत्सवमा रक्तदान कार्यक्रम
4
पाल्पा – बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल एनसीसीले रक्तदान गरेको छ । सो विद्यालयको २५ औँ वार्षिकाेत्सव तथा रजत जयन्तीको अवसर पारेर विद्यालयमा अध्ययन्रत विद्यार्थीहरू, शिक्षक तथा अभिभावकले रक्तदान गरेका हुन् । ‘रक्तदान गरौ जीवन बचाऔं’ भन्ने अभियानका साथ राष्ट्रिय सेवा दलले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमबाट १६ प्रिन्ट रगत संकलन भएको छ । लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल प्रालि, पाल्पाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा सभापति बुद्धि प्रसाद शर्माले विद्यालयले मानव जीवन रक्षाको लागि आवश्यक र महत्वपूर्ण काम गरेकोमा प्रशंसा गर्नुभयो । विद्यालयका प्रिन्सिपल खेमबहादुर सारु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालले रजत जयन्तीको अवसरमा विद्यालयले स्मारक अनावरण, जेष्ठ नागरिकहरुलाई खाद्यान्न हस्तान्तरण, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला तथा स्टेशनरी सामग्री वितरण, आत्मरक्षा प्रशिक्षण, हाजिरी जवाफ र रक्तदान जस्ता कार्यक्रमहरु रजत महाेत्सवकाे अवसरमा आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा गोरख दल गणका सेनानी मानबहादुर बुचामगरले नेपाली सेनाद्वारा प्रशिक्षित राष्ट्रिय सेवा दलको समाजिक काम प्रशसनीय रहेको बताउनुभयो । रक्तदान कार्यक्रम एनसीसीका क्याडेट धनकुमारी छन्त्याल र अध्यक्ष दिलबहादुर बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update