Erani Mahal
पाल्पा अस्पतालकाे अध्यक्षमा पाण्डेय, रामपुरमा ढकाल र आयुर्वेदमा रायमाझी नियुक्त
lumbini-province-1024x558
पाल्पा - लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशमा खेलकुद परिषद् र अस्पताल व्यावस्थापन समितिमा जिम्मेवारी प्रदान गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताउनुभएको छ । प्रवक्ता तिलकराम शर्माले आइतबार बसेको मन्त्री परिषद्ले लुम्बिनी प्रदेशका विभिन्न अस्पतालहरुमा अस्पताल विकास समिति अध्यक्षहरु समेत नियुक्त गर्ने निर्णय गरेको बताउनुभएको छ । जस अनुसार पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे नियुक्त हुनुभएकाे छ । यस्तै पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी र रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल नियुक्त हुनुभएकाे छ । यस्तै रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल, कपिलबस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवा अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको मुख्यमन्त्रीका प्रेस संयाेजक मानसिंह विकले बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update