Erani Mahal
पाल्पामा एमसीसीकाे बिराेधमा उत्रिएका ७ जना आन्दोलनकारी पक्राउ
tt
पाल्पा – एमसीसी परियोजना संसदबाट अनुमाेदन भएको बिरोध गर्दै आन्दोलनमा उत्रिएका सात जना आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, विप्लव नेतृत्वको नेकपा पाल्पाका सचिव भुवन जिसी, नेकपा (क्रान्तिकारी माओवादी)का सचिव लिला श्रेष्ठ, टिकाराम पौडेल, बेदप्रसाद विश्वकर्मा, लंक राना र सुदिप विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनालाइ प्रहरी कार्यालयमा राखिएकाे छ । जबर्जस्ती सडक अबरोध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोमबार छ दलको आह्वानमा एमसीसी परियोजना संसदबाट पारित गर्नु राष्ट्रघात भएको भन्दै बन्दको आयोजना गरिएको थियो । बन्दले पाल्पाको जनजीवन सोमबार बिहानैदेखि प्रभावित बनेको छ । बन्दका कारण लामा तथा छोटा दुरीका सवारीसाधन सञ्चालन हुन सकेकाे छैन ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update