Erani Mahal
माेटरसाइकल दुर्घटनामा घाइते भएका किशाेरकाे मृत्यु
bike_accident
पाल्पा – जिल्लाको रम्भा–१, हुँगीहुँदै रामपुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा–१, असर्दीका १७ वर्षका सन्दिप न्यौपानेको मृत्यु भएको हो । न्यौपानको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुकी ४ बजेतिर कालीगण्डकी कोरिडोर हुँदै रामपुर जाने क्रममा लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मोटरसाइकल पछि बस्ने रामपुर–१० का २५ वर्षीय उमाकान्त चापागाइ समेत घाइते हुनुभएको छ । चापागाईको लुमेकमा उपचार भइरहेको छ । प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । पछिल्लो समय रामपुर क्षेत्रमा सवारी दुर्घटना बढेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update