Erani Mahal
एमसीसीको पक्षमा उभिएको भन्दै मन्त्री झाँक्रीको राजीनामा माग
ramkumari-jhakarii
काठमाण्डौं – नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने कार्यकर्ताले माग गरेका छन । काठमाडौंमा सम्पन्न एकीकृत समाजवादी निकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेको हो । अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएको पार्टी सचिव समेत रहेको झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update