Erani Mahal
शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने, धेरै स्थानमा वर्षाको सम्भावना
Weather-Cloud-Badal-1024x624
काठमाडौं – शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा शुक्रबार सुदूरपश्चिम, कर्णाली, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानहरूमा मेघ गर्जन र चट्याङको समेत सम्भावना रहेको उल्लेख छ । देशका उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम हिमपातकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । नेपालमा डिसेम्बरदेखि फेब्रुअरी महिना (मंसिर १५ देखि फागुन १६ गते) सम्मको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा हिउँदयाममा भएको वर्षाको तथ्यांकको आधारलाई निकालिएको सरदर वर्षाको तथ्यांक हेर्दा यस वर्ष शतप्रतिशत वर्षा भइसकेको छ । यस वर्षको हिउँदयाम सकिन अझै केही दिन बाँकी नै छ ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update