Erani Mahal
अल्पायुमै किन फुल्छ कपाल?
white hair1644750688
बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ। कपाल मुख्य चार कारणले फुल्ने गर्दछ। पहिलो कारण वंशाणुगत हो। अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ। दोश्रो कारण भने बाल्यकालमा चाहिने पौष्टिक आहारको कमि हो। कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने सम्भावना हुन्छ। तेस्रो कारणमा कपालमा प्रयोग गरिने केमिकल हो। केमिकलको कारण पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने हुन्छ। चौथो कारण हो, कपालमा लाग्ने रोग अथवा शरीरमा लाग्ने रोग। कपाललाई चाहिने भिटामिनहरु पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ। यदि कपाल फुल्ने कारण वंशाणुगत हो भने यसलाई रोक्न सकिदैन। पौष्टिक आहारको कारणले गर्दा हो भने बच्चालाई सन्तुलित भोजन गराउनु पर्छ। पौष्टिक आहारले मात्र हुँदैन, सन्तुलित भोजनको पनि त्यत्ति नै जरुरी हुन्छ। कुनैकुनै बच्चाले खाना खान रुचाउदैनन् जसको कारण आइरनको कमि हुन जान्छ। बच्चा मात्र होइन, युवाले पनि हरियो साग सब्जीहरु रुचाउदैनन्। त्यस्तो समयमा आइरनको अभाव हुन जान्छ र कपाल फुल्ने हुन्छ। तसर्थ सन्तुलित पौष्टिक आहारको व्यवस्था हुन सकेमा कम उमेरमा कपाल फुल्ने समस्याको रोकथाम गर्न सकिन्छ। त्यसैगरी केमिकल्सहरु अनावश्यक रुपमा कपालमा लगाउन रोकेमा पनि कपाललाई फुल्नबाट बचाउन सकिन्छ। जन्डीस, क्षयरोग अथवा अन्य दीर्घ रोगले गर्दा पनि शरीरमा भिटामिनको कमि हुन्छ र कपाल फुल्छ। त्यसैले कुनै पनि रोगको समयमै उपचार गर्न सकियो भने पनि अल्पायुमै कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ। अहिलेसम्म कपाललाई फुल्नबाट रोक्ने ठोस उपचार एलोपेथिकमा छैन। तर पनि कपाल फुल्ने कारण पत्ता लगाई निवारण भने गर्न सकिन्छ। यसका लागि वायोटिन या भिटामिन ‘ई’ को प्रयोग अथवा क्याल्सीयम प्यान्थोनेट भन्ने पदार्थ(जुन ‘बी’ कम्प्लेक्समा पाइन्छ)को प्रयोग गर्न सकेमा केही न केही सुधार हुन्छ। सेतो दुबी भएको समयमा पनि कपाल फुल्ने सम्भावना धेरै हुन्छ। यदि सेतो दुबी टाउकोमा आयो वा शरीरमा आएको छ भने त्यस ठाँउमा भएका कपाल फुल्ने सम्भावना बढी हुन्छ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update