Erani Mahal
पाल्पामा मंगलबार ८ जना कोरोना संक्रमण पुष्टि
Corona___
पाल्पा – पाल्पामा मंगलबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसिआर विधिबाट गरिएको १५ जनाको कोरोना परीक्षणमा थप ८ जना नयाँ संक्रमित थपिएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय २४ पुगेको सूचना अधिकारी कृष्ण पोखरेलले बताउनुभयो । यस्तै सोही अवधिमा ८ जना संक्रमित भने संक्रमण मुक्त भएको छन ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update