Erani Mahal
मुखको क्यान्सरका कारण, लक्षण र रोकथामका उपाय
oral1644499899
मुखको क्यान्सरको कुनै यही नै चिन्ह वा लक्षण हुन्छ भनेर भन्न नसकिए पनि साधारणता निम्न लक्षण देखिन्छन : – मुखमा दाग, धब्बा वा पत्र देखिनु – स्वाद फरक पाउनु – घाँटीमा गिर्खाहरु देखा पर्नु – नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु – अस्वभाविक रक्तस्राव हुनु – मसलादार खाना खाँदा पोल्नु – खान, निल्न, पिउन अप्ठ्यारो हुनु – घाउ, खटिराको आकार बढ्दै जानु – ¥याल बढी आउनु – खान, निल्न, पिउन अप्ठ्यारो हुनु कारण सूर्तीजन्य पदार्थः यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ मद्यपानः रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी पोषणको कमीः आइरन, भिटामिन ए, ई र सीको कमी मुखको समस्याः दाँतको समस्या, फोहोर मुख संक्रमणः विभिन्न भाइरल, ब्याक्टेरियल र फंगल संक्रमणसूर्यको प्रकाशः अल्ट्राभाइलेट विकिरण एक्सरे। रोकथामका उपाय मुखमा भएका परिवर्तन, घाउ, खटिरा, दाग सजिलैसँग निदान गर्न सकिन्छ। त्यसैले सजिलै मुखको क्यान्सर रोकथामका लागि निम्न उपायहरु अपनाऔंः – सूर्तीजन्य पदार्थको सेवन नगर्ने – मद्यपान नगर्ने – संक्रमणको उपचार गर्ने – दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने – राम्रोसँग मुखको सफाई गर्ने, बेलाबेलामा कुल्ला गर्ने – दाँतको समस्याको बेलैमा उपचार गर्ने – सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने – अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update