Erani Mahal
पाल्पामा १३ जना कोरोना संक्रमित थप, ६८ जना निको
Corona__
पाल्पा – पाल्पामा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसिआर विधिबाट गरिएको ५७ जनाको कोरोना परीक्षणमा थप १३ जना नयाँ संक्रमित थपिएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ९४ पुगेको सूचना अधिकारी कृष्ण पोखरेलले बताउनुभयो । उहाँका अनुसार सक्रिय संक्रमितमध्ये ७ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा ६८ जना संक्रमित भने संक्रमण मुक्त भएको छन ।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update