Erani Mahal
निस्दीमा परिवार नियोजन सम्बन्धी शिविर सम्पन्न
pp
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरमा १ सय २४ जना महिलाहरूले सेवा पाएका छन् । शिविरमा १ सय १ जना महिला दिदीबहिनीहरुले इम्पलान्ट र १३ जनाले आइयुसिडी राखेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । साथै ७ जनाले इम्पलान्ट र ३ जनाले आइयुसिडी झिकेको छ । गत सोमबारदेखि पालिकाको विभिन्न स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update