Erani Mahal
राज्यबाटै उपेक्षामा पाल्पाका पर्यटन व्यवसायी
Tansenbazar
– जीवलाल सुवेदी पाल्पा जिल्लामा प्रवेश गर्ने नाकाहरू गुल्मीको रिडी, रूपन्देहीको सिध्दवावा, स्याङजाको राम्दी पाल्पा जिल्ला र तानसेन मुख्य वजार प्रवेश गर्ने स्थानहरू हुन गुल्मी बजार जति पनि सवारी साधनहरू पाल्पा जिल्लाबाट धेरै स्थानहरू रूपन्देही, अर्घाखाँची, स्याङजा, कास्की, पोखरा, काठमान्डौ प्रवेश गर्दछन् भने रूपन्देहीबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत हँुदै काठमान्डौसम्म र स्याङजाबाट पाल्पा, गुल्मी, रूपन्देही, नेपालगञ्ज लगाएतका स्थानहरूमा आगामन हुने स्थानका रूपमा परिचित पाल्पा जिल्ला हो । पाल्पा आफैंमा पनि ऐतिहासिक स्थान हो यहाँ सेनवंशी राजाहरूले शासन चलाएको स्थान त्यसैमा खड्गशमसेरले रानीमहल निर्माण गरेको स्थानमा मानिसहरू अवलोकन गर्न र किनमेलका लागि आउने स्थान भएकाले पनि मानिसहरू विभिन्न समूह बनाएर पाल्पा आउने गर्दछन् । पाल्पा प्रवेश गर्ने यि स्थलहरूबाट प्रवेश गर्ने वित्तिकै प्रवेशद्वार निर्माण गरिएको छ । आज भन्दा २.५ वर्ष पहिले पाल्पामा व्यापक आन्तरिक वाह्य पर्यटकहरू भित्रिने र यहाँका व्यवसायीहरू सबै फस्टाएका थिए जव कोभिड–१९ लाग्यो एका एक मानिसहरू वर्षोसम्म घर भित्र वस्न वाध्य भए नागरिकहरू धेरै दुख कष्ट अहिले सम्म भोग्दै आएका छन् । पर्यटन व्यवसाय्देखी अन्य व्यवसाय पनि ठप्प नै भयो चारै तिर कोलहाल मच्चियो एक व्यक्ति अर्को व्यक्ति देख्दा डराउने लुक्ने अवस्था आयो । यातायातका साधनहरू होटलहरू ठप्प भए मानिसहरू आफ्नो आफन्त कहाँ जान विवाह उत्सव जस्ता चाडपर्व सबै रोकियो । मानिसहरू एकाएक विरामी हुन थाले औषधीका नाममा केही भएन दुरी कायम गरेर बस्नु वाहेक अरू विकल्प भएन मानिसहरू आज फलानो मृत्यु भयो, भोली अर्काे भन्दा भन्दै धेरै मानिसहरूको मृत्यु हुन थाल्यो खोपको व्यवस्था समेत भएन मानिसहरू खाना खर्च नभएर मेचीमहाकाली समेत हिँडेर आफ्नो घरतर्फ लाग्न थाले सरकारबाट त्यस्तो खासै योजना आएन । मानिसहरू सबै हत्तोसाहित भएपछी खोपको व्यवस्था हुनथाले पछी मात्र केहीहदसम्म मानिसहरू हिँडडुल गर्न थालेका थिए । फेरी पहिलो दोस्रो तेस्रो हँुदै कोभिड व्यापक वढेसँगै पुनः वुस्टर डोज मानिसहरूले लगाउन पाएका कारण केही सामान्य देखिएको छ तर आन्तरिक वाह्य पर्यटकहरू आउने र जाने क्रम भने यतिवेला शुन्य अवस्था नै छ । शुरूदेखी हालसम्म कोरोना रोगका कारण धेरै व्यवसायीहरू मर्कामा पर्दै आएका छन् विगत १८ महिनासम्म त होटल व्यवसायीहरूले कसैको पनि व्यापार गर्न सकेनन् । सबैभन्दा मारमा पर्ने यही व्यवसाय हो यस पछी अरू व्यवसाय पनि मारमा परे तै पनि उनीहरूमा धेरै सहज आयो भने मानिसहरू होटलमा नगए पनि हुने रूम नलिए पनि हुने खाना नखाए पनि हुने जानै पर्ने र वस्नै पर्ने व्यवसाय यो व्यवसाय परेन पाल्पाका धेरै नाकाहरूबाट पर्यटक आउन सक्ने भएता पनी पर्यटकहरू हिँड्दै हिडेनन् किन भने सवैलाई रोगको डर नै छ । पाल्पामा कोभिड भन्दा अगाडी तानसेन बजारका वाह्य पर्यटकहरूलाई छलेर बाटोमा हिड्नु पर्ने अवस्था थियो भने आन्तरिक पर्यटक विशेष गरेर गर्मियाममा बढी मात्रामा आउने ठाउँ भनेकै पाल्पा हो । रूपन्देहीमा अत्यधिक गर्मी वढे पछी गर्मी छल्नका लागि आउने र घुम्ने ठाउँ मुख्य पर्यटकीय स्थानका रूपमा रहेको छ । रानीमहल, भगवती मन्दिर, भैरवस्थान, रम्भापानी, वंशगोपाल मन्दिर, श्रीगणेश मन्दिर, श्रीनगर, ऋषिकेश मन्दिर, अर्गली दरबार, कौडेलेक लगायतका महत्वपूर्ण स्थानहरू र तानसेनका बजारका होटल होमस्टे धेरै चलेका थिए । वाहिरबाट आउने अथितिहरूलाई धान्न धेरै हम्मे हम्मे हुने गर्दथ्यो । कोभिडका कारण व्यवसायहरू अहिले चल्न सकेका छैनन् पाल्पा जिल्ला धार्मिक एवं ऐतिहासिक पर्यटनसँगै रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू रहेका छन् । जिल्ला भित्र ८१ वटा वडाहरू छन् २ वटा नगरपालीका ८ वटा गाउँपालिका रहेका छन् । गाउँपालिकामा तिनाउ, माथागढी, रैनादेवी छहरा, रिव्दीकोट, रम्भा, पूर्वखोला, निस्दी रहेका छन् भने नगरपालिकामा तानसेन नगरपालिका र रामपुर नगरपालिका रहेका छन् । यि गाउँपालिका र नगरपालिका पर्यटक क्षेत्रसँग सुविधा जनक होटलहरू खुलेका छन् वुटवलदेखी राम्दीसम्म सडकमा रहेका होटलहरूमा खाना खाजा जतिवेला पनि पाउन सकिन्छ भने तानसेन वजार क्षेत्रभित्र करिव ६०÷७० वटा होटलहरू अति सुविधा जनक छन् । पाल्पाको मुख्य खाना दालभात, तरकारी, अचार, सलाद, दही, दुध, पनिर, चुकौनीको अचार, नेवारी खाजा, हाँसको छोयला जस्ता प्रशस्त रूपमा पाईन्छ । यहाँका मुख्य होटलहरूमा श्रीनगर होटल प्रा.ली, अन्नपूर्ण गार्डेन, हवाइट्लेक, होटल पौवा, क्राउन, गौरीशंकर, इन्दे्रणी, मोनिका गेष्ट हाउस, होटल ताज, रोयल, डायमन, मनकामना, करूवा, तानसेन, ग्रिनहिन, शुभरात्री नाङ्लो वेष्ट, रोयलइन, अधिकारी भान्छा घर, अमृत होटल, होटल दरवार, किरण रेष्टुरेन्ट, थकाली भान्छा घर, होटल सिम्रीक, लालीगँुरास पार्टी प्यालेस, स्वागत होटल, होटल स्टाप तानसेन, लम्साल रेष्टुरेन्ट, सुदिप होटल, पाल्पाली रेष्टुरेन्ट, होटल दि बज्र, भूपू सैनीक होटल, मालिका होटल, रोज रिर्सोट, होटल वृन्दावन, पार्टी पेलेसहरू, रातोघर, श्रृजना फार्म लगायतका होटलहरू सञ्चालनमा छन् । केही होटल कोभिडकै कारण बन्द भएका छन् । विगत लामो समय कोरोनाका कारण होटल राम्रो सँग चल्न नसकेका कारण होटल व्यवसायहरू मर्कामा नै परेका छन् । यि होटल व्यवसायीहरूले कर राज्यलाई तिरी रहेका छन् भने राज्य स्थानीय सरकारले उपेक्षा गर्दै आएको छ । राज्यलाई तिर्नुपर्ने जसरी पनि तिर्नु पर्ने तर राज्य मौन वसेको छ । यि व्यवसायहरू कोही भाडामा छन् भने कोही निजीमा नै सञ्चालन छन् । विद्युत, व्याज, घरभाडा, खानेपानी, विल लगाएत कही कतै छुट नहुँदा पनि व्यवसायी धेरै मर्कामा परेका छन् तर पनि होटल व्यवसायीहरू अभmै पनि पिर मर्का हुँदाहुँदै पनी होटल खुल्ला गरेर बसेका छन् । पछिल्लो चरणमा फेरी कोभिडका कारण २५ जना भन्दा वढी राख्न भेला गर्न नपाईने नियमले पनी थप समस्याहरू थपिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा पनी धेरै होटलहरू धमाधम खुल्दै छन् । पाल्पामा आउने आन्तरिक वाह्य पर्यटकलाई विशेष सुविधा दिने तरखरमा पाल्पाका होटल व्यवसायीहरू बसेका छन् । राज्यवाट व्यावसायीलाई उपेक्षा गरेता पनी रात पश्चात दिन आउँछ भन्दै व्यावसायीहरू आफ्नो तयारीका साथ सेवामा सत्कार सहित तत्पर रहेका छन् । लेखक ः होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update