Erani Mahal
निस्दीको सहलकोटमा परिवार नियोजन सम्बन्धि शिविर
259110798_1027828787768683_3349254355014594003_n
पाल्पा - निस्दीको सहलकोटमा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो । सोमबार बालहित माध्यमिक विद्यालयमा भएको शिविरमा ३० जना महिलाहरूले सेवा पाएका छन । शिविरमा २३ जना महिला दिदीबहिनीहरुले इम्पलान्ट र ६ जनाले आइयुसिडी राखेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । साथै १ जनाले इम्पलान्ट झिकेको छ । शिविर पालिकाको विभिन्न स्वास्थ्य चौकीमा यहीँ माघ २७ गतेसम्म गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update