Erani Mahal
‘पाल्‍पा तानसेन' बोलको गीत सार्वजनिक  (भिडियो सहित)
272986283_227070299617356_4948860785330190856_n (1)
पाल्‍पा - पाल्‍पा रिब्‍दीकोटका नेपाल प्रहरीमा सेवारत शब्‍द सर्जक भोजु रूचालको ‘पाल्‍पा तानसेन' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा चर्चित मोडल भोजु रूचालको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन विष्‍णु तामाङले गर्नु भएको हो भने शंकरा डिजिटलमा गीत रेकर्ड भएको हो । रोशन धितालले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन राज राईले गर्नुभएको छ । भिडियोमा कलाकारहरु राज राई र भुमिका थापा संगै मन्‍जु श्री कला केन्‍द्रका कलाकारहरूको अभिनय रहेको छ । पाल्‍पाको रमणीय स्‍थानहरू श्रीनगर, रिडिको ऋषिकेश मंदिर, रानीमहल, भैरबस्‍थान मंदिर, रिब्‍दीकोट गॉउपालिका लगायतको स्‍थानमा छायॉंकन गरिएको छ।" निर्देशक सुमन कार्कीले बताउनु भयो। पाल्‍पा जिल्‍ला समग्रमा सुन्‍दर प्राकृतिक हिसाबले निकै रमणीय रहेको हुँदा आफुलाई पाल्‍पा जिल्‍लाका विभिन्‍न स्‍थानहरूलाई समेटने गरि गित लेख्‍ने पहिले देखि इच्‍छा रहेको भोजु रूचालले अगाडी भन्‍नुभयो आज सबै आफन्‍तजन, इष्‍ट्रमित्र, साथीभाई, घरपरिवार लगायत कलाकार साथीहरूको प्ररेणा योगदानले आज मेरो सपना पुरा भएको छ। कोरोना महामारी समयमा गित‍को रेकर्ड गरिएको पनि रूचालले बताउनु भयो। गीतमा स्‍वर चर्चित गायक बुद्ध मोक्‍तान, गायिका शसिकला मोक्‍तानले दिनु भएको छ । धिताल फिल्‍मस प्रा.लि.ले दृश्‍यहरूको निर्माण गरेको छ भने भाेेेजु रूचालको आफ्नै रूचाल पाल्‍पाली युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वनकि गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update