Erani Mahal
पाल्पाका कृष्णबहादुर कार्की नेप्सेको सीईओमा नियूक्त
thumb
पाल्पा — पाल्पाका कृष्णबहादुर कार्की नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियूक्त हुनुभएकाे छ । यसअघि माघ १७ गते बसेको मन्त्रिपरिषद बैठकले पाल्पा रिब्दिकोट गाउँपालिका ७ डबका निबासी कार्कीलाई सीईओमा नियूक्त गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका थिए । कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छनोटमा परेका थिए । पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट सिफारिस समितिले तीन जनालाई छनोट गरेको थियो । श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघि राजीनामा दिएका थिए । त्यसपछि खाली पदमा नयाँ नियुक्ति गर्न लागिएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update