Erani Mahal
बिहीबार पाल्पामा १५७ जना संक्रमित निकाे, ५० जना संक्रमित थप
coronavirus_
पाल्पा – बिहीबार पाल्पामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तानसेनका २०, रिब्दीकोटका १, तिनाउका २, बगनासकालीका ४, रम्भाका १, रैनदेवी छहराका १७, पूर्वखोलाका ३ र रामपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै बिहीबार कोरोनाबाट १ सय ५७ जना निको भएका छन् । बिहीबारको तथ्यांकमा जिल्लाभर सक्रिय संक्रमितको संख्या ६ सय ७१ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ११ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले बताउनुभयो । बिहीबार पीसीआर र एनटिजेन गरी १०६ जनामा कोरोना परीक्षण भएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update