Erani Mahal
अवैध काम नरोकिए चुनढुंगा उत्खनन् बन्द गछौं : वाइसिएल
ycl
पाल्पा- तिनाउँ क्षेत्रमा संचालित चुनढुंगा खानीले सरकारलाई रोयल्टी र स्थानीयको माग सम्बोधन नगरे खानी नै बन्द गर्ने वाइसियल तिनाउँले जनाएको छ । यस क्षेत्रमा संचालित खानीहरुले परिमाण भन्दा बढी उत्खनन् गरेको, टिप्परले ओभरलोड बोकेर राजमार्ग र स्थानीयको घरबस्ती जोखिममा राखेको वाइसियल तिनाउँका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिनुभयो । तानसेनमा पत्रकार सम्मेलन गर्दै वाइसियलले गाउँपालिकालाई दिनुपर्ने राजष्व नदिएको, स्थानीयको समस्या समाधानमा ध्यान नदिइएको, वातावरणीय प्रभाव मूल्यांकन नभएको, सामुदायिक उत्तरदायित्व पूरा नगरेको आरोप लगाएको छ । समस्या समाधानमा गाउँपालिका उदासिन देखिएको भन्दै उसले भोली गाउँपालिका घेराउ गर्ने र खानी बन्द समेतका चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत भोली गाउँपालिका घेराउ गर्ने, जनदवाव दिने, चुनढुंगा खानीमा टिप्पर प्रवेश रोक गर्ने, टिप्पर खानी नै बन्द गर्ने लगायतका कार्यक्रमहरु सुरु गरेको छ । वाइसिएलले आफ्नो आन्दोलनमा सहयोग गर्न र प्राकृतिक दोहन रोक्नमा सहयोग गर्न राजनीतिक दल, पत्रकार, नागरिक समाजसबैमा आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update