Erani Mahal
निस्दीमा विद्यालयका लेखापाल र सहयोगी कार्यकर्ताको तलब वृद्धि : उत्कृष्ट शिक्षक सम्मानित
271959002_1284772368598783_6908459457558590599_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पाले विद्यालयमा कार्यरत लेखापाल र बालबिकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक तलबमा वृद्धि गरेको छ । माघ १६ गते आइतबार बसेको गाउँपालिकाको दशौं गाउँ सभाले विद्यालय सन्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो । जस अनुसार माध्यमिक विद्यालयमा कार्यरत लेखापालहरुको तलब मासिक १६ हजार रुपैयाँ र बालबिकास केन्द्र (इसीडी) मा कार्यरत सहयोगी कार्यकर्ताहरुको १५ हजार ४०० पुर्‍याइएको छ । कक्षा १ देखि ३ सम्म सन्चालन हुने विद्यालयको कार्यालय सहयोगीको १५ हजार र कक्षा १ देखि ५ सम्म सन्चालन हुनेको १५ हजार १०० रुपैयाँँ गरेको छ । यसैगरी कक्षा १ देखि ८ सम्म सन्चान हुने विद्यालयमा कार्यरत कार्यालय सहयोगीको १५ हजार २०० र १२ कक्षा सम्म सन्चालन हुने विद्यालयमा १५ हजार ३०० रुपैयाँ पुर्‍याएको छ । शिक्षण सिकाई प्रभावकारीमा महत्त्वपूर्ण जोड दिएको भन्दै उत्कृष्ट शिक्षक तथा प्रधानाध्यापकलाई समेत सम्मान गरिएको छ । निस्दीको उत्कृष्ट शिक्षकमा जनता माध्यमिक विद्यालय निस्दी-५,गल्धाका गीम बहादुर जर्घा र उत्कृष्ट शिक्षिकामा मित्याल आधारभूत विद्यालय निस्दी-४,मित्यालका शिक्षिका तम्सरी खाम्चालाई सम्मानित गरेको छ । यसैगरी निस्दीको उत्कृष्ट प्रधानाध्यापक जीवनज्योती आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्र सिंह आले सम्मानित हुनुभएको छ । गाउँ सभाको अवसरमा विभिन्न शिक्षक तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सम्मान समेत गरेको छ । जस अन्तर्गत गाउँपालिका कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारी,स्वास्थकर्मी,पत्रकार,लोक गायक,गायिका,खेलाडी,उपभोक्ता समिति रहेका छन् । सम्मानित हुने सम्पूर्णलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update