Erani Mahal
निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभा
272163988_1146470466122924_3071252143125358513_n
पाल्पा - निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभाको समुउदघाटन समारोह सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको सभाअध्यक्षतामा भएको सभामा उपाध्यक्ष रिता कुमारी अर्यालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । सभामा उपाध्यक्ष खनालले चालु आर्थिक वर्षको स्वीकृत योजना तथा कार्यक्रम संशोधन एवं रकमान्तर सहित पालिकाको संचित कोषमा रहेको ६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको बजेट पेस गर्नुभएको छ । नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत सम्पुर्ण कर्मचारी तथा सहयोगी कार्यकर्ताहरुको मासिक तलब केन्द्रको नीति एवं निर्देशन अनुसार वृद्धि गरेको छ । कार्यक्रममा कोभिड १९ कोरोना रोकथामका लागि विशेष योजनाका साथ अगाडि बढने उल्लेख गरेको छ । ७० वर्ष माथिका जेष्ठनागरिक तथा दीर्घ रोगीको घरमा स्वास्थ्यकर्मी खटाइ निशुल्का स्वास्थ्य परीक्षण गर्ने कार्यक्रममा उल्लेख रहेको छ । यसै आर्थिक वर्षमा बाकामलाङ वडालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । कृषिलाई अधुनिकीकरण गर्दै १ वडा २ पकेट कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख रहेको छ । नीति तथा कार्यक्रममा निस्दीलाई मासुमा आत्मनिर्भर बनाउनको लागि पशुपालनमा विशेष जोड दिने उल्लेख गरेको छ । आगामी दिनमा निस्दीलाई खानेपानी , यातायात , विधुत , पर्यटन एवं संचारमा सबैको पहुँच पुर्याउने गरि कार्यक्रम पेस गरेको छ । सभामा प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले चालु आर्थिक वर्षको कार्य प्रगति प्रस्तुत गर्नुहुँदै हालसम्म चालुतर्फ ४१ प्रतिशत र पुजीगत तर्फ १३ प्रतिशत खर्च भएको बताउनुभएको छ । साथै चालु आर्थिक वर्षमा ९८ वटा योजनाको सम्झौता र २२ वटा योजना काम सम्पन्न भएको बताउनुभएको छ । गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत मन्तव्यबाट शुरु भएको सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद युवाराज खनाल रहनुभएको हो । सभाको उद्घाटन गर्नुहुँदै सांसद खनालले निस्दीमा भौतिक पुर्बधार तर्फ उल्लेख्य विकास भएको भन्नुहुँदै प्रदेश सरकारको सधैं सहयोग रहने बताउनुभएको छ । सांसद खनालले लोकतान्त्रिक मुल्य र मान्यताको आत्मसात गर्दै सबैको बिचारलाई समेटेर अगाडि बढन सुझाव दिनुभएको छ । सभामा कार्यपालिका सदस्य एवं वडा नम्बर १ बाकामलाङका वडा अध्यक्ष पुर्ण बहादुर खाँण , गाउँ सभा सदस्य दुर्गा बहादुर सोमै , नेकपा एमाले जिल्ला कमिटी पाल्पाका उपाध्यक्ष देवीलाल लामिछाने , नेकपा माओवादी केन्द्र निस्दीका अध्यक्ष रामप्रसाद खत्री , महिला समन्वय समिति निस्दीका अध्यक्ष तिरण कुमारी श्रेष्ठ , कबुलियती बन महासंघ पाल्पाका अध्यक्ष दमन सिंह थापा , नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका अध्यक्ष लोक बहादुर सारु , गौरीशंकर माध्यमिक विद्यालय मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै गाउँ सभा सफलताको कामना गर्नुभएको छ । गाउँसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानित क्षेत्रमा योजना उपभोक्त समिति , कृषक समूह , सहकारी संस्था , प्रधानाध्यापक , शिक्षक , कर्मचारी , कलाकार , खेलाडी र पत्रकार रहेका छन । गाउँ सभाले २ वटा एन पारित गर्नेछ । पालिकाको बाहु उद्देश्यीय सभा हलमा भएको सभाको संचालन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update