Erani Mahal
एमाले निकट भातृ संस्थाहरूले बुझाए पाल्पाका प्रजिअमार्फत प्रमलाई ज्ञापनपत्र
nn
पाल्पा – नेकपा एमाले सम्बद्ध भातृसंगठनहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत एमाले निकट विभिन्न पेशागत तथा जनवर्गीय संघसंगठनले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् । भातृसंगठनहरुले जिल्लाको समस्या र राष्ट्रिय समस्याको बारेमा ध्यानाकर्षण गराउँदै तत्काल समाधान गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । युवा संघ पाल्पा, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, जिफन्ट, लोकतान्त्रि मगर संघ, पेशागत महासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी पाल्पा लगायतका मातृसंगठनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा तत्काल स्थानीय तहको चुनाव घोषणा गर्नुपर्ने, महंगी, भ्रष्टाचार रोक्नुपर्ने, राष्ट्रियताको रक्षा गर्नुपर्ने, पाल्पाको चुनढुंगा लगायतका खानीको अबैध उत्खनन् रोक्नुपर्ने, सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रका तत्काल सुरुङ् मार्ग बन्नुपर्नेलगायतका माग गरिएको छ । हेर्नुहाेस् ज्ञापन पत्र मिति : २०७८ माघ १६ सम्माननीय प्रधानमन्त्री ज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार, काठकाण्डौं मार्फत : प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय, पाल्पा मुलुक अहिले गम्भीर संकटमा गुज्रिरहेको छ । परमादेशको नाममा आएको अपवित्र गठबन्धन सरकारले जनतालाई निराश बनाउने बाहेक कुनै काम गर्न सकेको छैन । सरकारले गरिरहेको गैर जिम्मेवार र अलोकतान्त्रिक काम प्रति हाम्रो ध्यानाकर्षण भएको छ । मुलुक कोरोनाको महामारीको तेस्रो लहरले नागरिक आक्रान्त भएका छन् । बजारमा सिटामोलको समेत अभाव हुनु, औषधिजन्य बस्तुहहरुको कृतिम अभाव र चर्को मुल्यका कारण जनताको जनजीवन कष्टकर बन्दै गइरहेको छ, यस्तो जटिल अबस्थामा समेत नागरिकहरुले सरकारको अनुभुती गर्न पाईरहेका छैनन् । नेपालको संविधान बमोजिम पुर्नसंरचित स्थानीय तहको निर्वाचन भएको पा“च बर्षको कार्यकाल समाप्त हु“दैछ । नेपालको संविधानमा भएको संवैधानिक व्यवस्था बमोजिम सरकार स्थानीय तहको निर्वाचन गराउने पक्षमा देखिदैन । हामी संविधानको पक्षमा छौं । मुलक र नागरिकको हित विपरित गरिरहेका यि र यस्ता कैयौ विषयमा सरकारले गरिरहेका कार्यहरु प्रति धोर भ्रत्सना गर्दछौ । पाल्पा जिल्लामा कृयाशिल नेकपा एमाले सम्बद्ध विभिन्न जनवर्गिय संगठनको तर्फबाट जिल्लाका समसामयिक विषयहरु समेतका निम्न विषयहरुमा सरकारको गम्भीर ध्यानकार्षण गराउन चाहान्छौं । १) स्थानीय तहको निर्वाचन सम्बन्धि संबैधानिक र कानुनी मान्यतालाई कुल्चिदै सरकार देशलाई जनप्रतिनिधि विहिन बनाउन उध्त हुदै भएको प्रति हाम्रो गम्बीर ध्यानाकर्षण भएको छ । आफ्नो जनप्रतिनिधि चुन्न र चुनिन पाउने जनअधिकारलाई रक्षा गर्न संबैधानिक र कानुनी व्यवस्था बमोजिम लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न नेपाल सरकारसंग माग गर्दछौं । २) यो परमादेशको गठबन्धनको सरकार आएपछि पेट्रोलियम पदार्थ सहित आधारभूत उपभोग्य बस्तुको मूल्य बृद्धि दिनानुदिन बढ्दो छ । यसले जनताको ढाड सेकिएको छ, बजारमा कृतिम अभाव देखिन थालेको छ । यसले जनततमा चरम निरासा उत्पन्न भएको छ । सरकार अभिभावकीय भूमिकाबाट च्यूत बन्दै गएको प्रति सरकारलाई जिम्मेवार बन्न गम्बीर ध्यानर्कषण गराउन चाहान्छौं । ३) कोरानाको तेस्रो लहरका कारण उत्पन्न भय, त्रास र निरासा बढ्दै जान थालेकोले जनताको जीवन रक्षाको निम्ती कोभिड विरुद्धको खोपको बुस्टर डोज (तेस्रो डोज) पर्याप्त व्यवस्था गर्न, परिक्षणको दायरा बढाउन र कोरोना नियन्त्रणका प्रभावकारी उपायहरु अवलम्बन गर्न नेपाल सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउ“न चाहान्छौं । ४) बजारमा सिटामोलको समेत अभाव हुनु, औषधिजन्य बस्तुहहरुको कृतिम अभाव र चर्को मुल्यका कारण जनताको जनजीवन कष्टकर बन्दै गइरहेको छ, स्वास्थ्य जस्तो गम्भीर विषयमा पनि सरकारले ध्यान दिन नसक्नुले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता जनजीवनसंग जोडिएका विषयलाई तत्काल समधान गर्न र नागरिकलाई सरकारको प्रत्याभुती दिलाउन जोडदार माग गर्दछौं । ५) लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा गतः वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान मार्फत् नेपालले यस विषयमा कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको सर्वविदितै छ । हाम्रो नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट सडक निर्माण गर्दा समेत यो गठबन्धन सरकारले यस विषयमा कुनै चासो नदेखाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको बलमिच्याई रोक्न र नेपाली भूभागमा नेपालीको व्यवहारिक स्वामित्व स्थापना गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं । ६) पाल्पा जिल्लाका डा“डापाखा“मा रहेका चुनढुङ्गा र प्राकृतिक सम्पदाहरुको प्रयोग र उपभोगमा अनियमियता र अपारदर्शि ढंगबाट दोहन भैरहेको छ भन्ने सञ्चार माध्यमबाट आएका खबरहरुले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्बन्धीत निकायले आवश्यक छानविन र नियमन गरी दोसी उपर कार्वाहीको जोडदार माग गर्दछौं । पाल्पा जिल्लामा रहेका प्राकृतिक सम्पदा, खानीहरुको संचालनबाट पाल्पा जिल्ला र पाल्पाली नागरिकहरु लाभान्वित हुनुपर्दछ भन्ने हाम्रो धारणा स्पष्ट पार्न चाहान्छौं । ७) बुटबल–तानसेन खण्ड अन्र्तगत सिद्धबाबा खण्डमा निर्माण हुने सुरुङ मार्ग र सिद्धार्थ राजमार्ग स्तरबृद्धिमा हुन गइरहेको बिलम्व प्रति दुख व्यक्त गर्दै उक्त आयोजनाहरु तत्काल अगाडि बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं । जिल्लामा संचालित विकास निर्माणका आयोजनामा ढिलाई हुन नदिन, गुणस्तरको सुनिश्चिता र पारदर्शीताको ग्यारेन्टी गर्न समेत माग गर्दछौं । अतः राष्ट्रियता, स्वाधीनता र जनजीविका माथी उल्लेखित विषयबस्तुहरुलाई अभिलम्ब कार्यान्वयन गरियोस् भनि जोड्दार माग गर्दछौं । अन्यथा हामी आन्दोलनको आ“धिबेरी निम्त्याउन बाध्य हुनेछौं । आन्दोलनबाट हुने क्षति स्वयम् सरकार हुनेछ । तपसिल राष्ट्रिय युवा संघ नेपाल पाल्पा, अनेरास्ववियु पाल्पा, अखिल नेपाल महिला संघ पाल्पा, नेपाल उत्पीडित जातीय मुक्ती समाज पाल्पा, अखिल नेपाल किसान महासंघ पाल्पा, नेपाल खेलकुद महासंघ पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) पाल्पा, पेशागत महासंघ पाल्पा, मगर संघ नेपाल पाल्पा, नेपाल भू.पु सैनिक तथा प्रहरी महासंघ, पाल्पा
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update