Erani Mahal
पाल्पामा आइतबार १५ जनामा कोरोना संक्रमण, ५५ जना निकाे
coronn
पाल्पा – पाल्पामा आइतबार १५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाको तानसेनमा ५, रम्भामा ५, तिनाउमा १, रामपुरमा २, माथागढीमा १ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पीसीआर र एनटिजेन गरी २८ जनामा परीक्षण गर्दा १५ जना मानिसमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोनामा सक्रिय संक्रमितको संख्या ६९४ पुगेको छ । आइतबार ५५ जना संक्रमित निको भएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update