Erani Mahal
शनिबार पाल्पामा ६७ जना संक्रमित, ६३ जना निकाे
corona-gg
पाल्पा – शनिबार पाल्पामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणको क्रममा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका स्रोतव्यक्ति अनिता श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयका अनुसार ४७ जना तानसेनका, १३ जना बगनासकालीका, २ जना रम्भाका २ जना पूर्वखोलाका, १ जना रैनादेवीछहराका, २ जना रिब्दीकोटका मानिसमा कोरोना देखिएको हो । योसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७३४ पुगेको छ । १०१ जनामा गरिएको परीक्षणमा ६७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो । शनिबार कोरोनाको संक्रमणबाट ६३ जना निको भएका छन् । सक्रिय संक्रमितमध्ये १४ जना मात्र अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी ७३४ जना होम आइसोलेसनमा रहेका पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update