Erani Mahal
आँखा लोभ्याउनेहरु धेरै छन् !
ranimahal
–जीवलाल सुवेदी कुनै दिन यस्तो थियो २०४६/०४७ साल तिरको समय हो । हामीहरुले प्राय जसो गाउँबाट लास बोकेर रानीमहल अर्थात रानीघाट लैजाने गर्दथ्यौ । त्यती बेला बाटो गाडीको सुविधा थिएन । पाल्पाको मस्याम, ठिमुरे, छहरा खस्यौली, लगायत पायक पर्ने धेरै गाविसका मानिसहरुले दिनभरी बोकेर लास रानीघाट पु¥याउने गरिन्थ्यो त्यस ठाउँमा होटल घर खासै थिएनन् । लास जलाउदै त्यहाँ खाना बनाएर खाने र रात परेपछी रातीराती घरमा मलामीहरु फर्किन्थे ०४६ सालको कुरा हो हाम्रो गाउँमा एक जना बुवा वित्नु भयो र लास लैजाने क्रममा एउटा जङ्कल भित्र भवन देिखयो । त्यति बेला रानीमहल भन्ने थाहा थिएन हामी धेरै मलामीहरु त्यस भित्र पसियो त्यहा पुरै जङ्गलले ढाकेको थियो त्यस भवन भित्र धेरै मलामीहरुले सार्वजनिक शौचालयमा नै परिणत गरेको जस्तो देखियो धेरैले अंगारले धेरै अश्लिल शब्दहरु लेखेको भेटियो भवनको सबै भागमा जे भेटिन्छ त्यसैले लेख्ने दिसा पिसाब गर्ने गरेको भेटियो त्यहाँ वरिपरिका मानिसहरुले गाई बाख्रा समेत चराउन लग्ने महत्वपुर्ण स्थानका रुपमा प्रयोग गर्ने र दरवारको माथिल्लो कोठामा गाईवस्तु चराउन लग्नेहरु त्यही दिनभरी वसेर साँझ फर्किने गरेको समेत भेटियो । हामी मलाम गएका अधिकांशहरु अचम्म परियो यो कसले बनाएको होला ? किन बनाएको होला ? यत्रो घाटमा यत्रो ठूलो भवन छ मर्मत छैन संभार छैन यो धेरै जीर्ण छ साहेद यो अब १/२ बर्ष पनी रहँदैन होला भन्ने लाग्यो फेरी २०४७ मा जाँदा पनी भवन अझै जिर्ण नै छ भत्किएको छ जताततै पाती सिस्नोले भरिएको भेटियो कतै कतै सेतो सेतो भित्तो भेटिन्थ्यो भने माथीका केही कोठाहरु सहज थियो । त्यो भन्दा एउटा दुईटा साना घरहरु थिए त्यहा सानो दुकान थियो । एक जना बुढा बा संग सोधे त्यो रानीघाट भनेर कसरी नाम रयो भनेर शोध्दा ति बुवाले भन्नुभयो धेरै पहिले तानसेनबाट राजा र रानी नुहाउन आउनु भएको थियो रे अनि रानी त्यही ठाउँमा बसेर नुहाएको रे अनि घर फर्के पछी रानीको मृत्यु भएकोले त्यही रानीको सम्झनामा त्यो भवन बनाएकोले रानीमहल बनाएको भन्नु भयो त्यती वेला वल्ल थाहा भयो रानीघाट अर्थात रानीमहल उहाँ वुवाले रानीतेज कुमारी र राजा खड्क शम्सेर भनेर नाम भन्न सक्नु भएन त्यस पछी म कुन राजा रानी भनेर खोज्न थाले त्यती वेला भर्खर वहुदल आएको थियो । जिल्ला पंचायतै जस्तो थियो जिल्ला विकास समिती वनि सकेको थिएन पंचायती व्यवस्थामा जिल्ला पंचायत सदस्य गम्भीर जंङ्ग कार्कीलाई चिनजानका क्रममा शोध पुछ गर्न त्यो रानीघाटमा कसले बनाएको भवन हो । त्यो धेरै राम्रो छ त्यसको मर्मत संभार गर्नुपर्ने रहेछ बनाउनुस् भनेको उहाँले भन्नु भयो खड्क शम्सेरले बनाएको रानी तेज कुमारीको सम्झनामा अब वहुदल आएको छ त्यसको मर्मत गर्नुपर्छ भनेर भन्नुभयो । त्यसको लगभग ०४९/५० तिर वल्ल जिविसवाट पहल गरी केहीहद सम्म मर्मत गरेको पाईन्छ । जो हामी लाभ लिएर जाने समय थियो त्यो अनकन्टार ठाउँ जस्तो लाग्थ्यो दिनभरी लाभ वोकेर जाने क्रममा लसुने भन्ने स्थानका चौपारीमा मुर्दा राखेर चिउरा र चिनी पानीको मुलमा मुछेर नास्ताका रुपमा खाने प्रचलन थियो । मेरो घर त्यती वेला र अहिले पनि मस्याममा नै छ त्यति वेला मस्याम गाविस थियो भने अहिले तिनाउ गा.पा. वडा न. ६ मा पर्दछ त्यो समय भनेको SLC पास गर्ने मानिसको हातमा औला गने जस्तै थियो SLC पास गर्ने वितिकै मास्टरका लागी अफर आँउथ्यो नागरिकहरु वजार भन्दा गाउँमै केन्द्रित थिए । जग्गा जमिन वजार भन्ने सामान्य थियो । गाउँका जमिन धेरै महङ्गो थियो । एउता ४/५ मुरी धान खेती उत्पादन हुने खेत किन्न त्यती वेला ७०/८० हजार वर्षमा हाल्न पर्ने थियो । गाउँको रहनसहन उठ वस धेरै रमाइलो थियो । गाउँमा धेरै मानिसहरुको वसोवास हुदा रानीघाटको उतिकै महत्व थियो । जो मानिसको मृत्यु भयो रानीघाटको नाम लिने गर्थे त्यती वेला वैदेशिक रोजगारी थिएन धेरै मानिसहरु भारत जाने प्रचलन थियो । त्यती वेला खेतवारी गाई गोठालो गरेर खानेको वाहुल्यता थियो दुकानमा तरकारी, चामल भन्ने नै पाईदैनथ्यो पसलमा किन्न जाने भनेको नुन, तेल, चिनी र कपडा मात्र थियो । नुहाउनका लागी तेल निकाली वाँकी रहेको खली प्रयोग हुने गर्थ्यो । मानिसहरु हसिला, खुशी थिए साँझ परेपछि तमाखु हुक्का गाउँघरे खाँदै जम्मा भेला हुने गर्थे । त्यती वेला राजनीति भन्ने त थिए जव मानिसहरु भेला भएपछी कसले धान कती मित्रयाउने मकैको सुली कसले ठुलो वनायो कसको खेतमा कति धेरै हलगोरु वाट रोपाई गर्ने नै त्यतीवेलाका मानिसहरु धनी कहलिन्थे भने आजभोली जस्तो टमाटर थिएन त्यती वेलाको गोलभेडा हुन्थ्यो । गोभी आज भोलीको जस्तो थिएन गोभीको पात हुने र त्यसको तरकारी भनेपछी मानिसहरु मुख्य तरकारीको रुपमा मान्थे हुनत अहिले पनि गोभीलाई राम्रो तरकारीको रुपमा लिने गर्दछ । त्यती वेला अरु लिएर जाँदा गोभीको तरकारी र गाउँघरे चामल र शुद्ध दाल जसमा लसुन प्याज प्रयोग गरिदैन थियो । प्रायजसो मानिसहरुले लसुन प्याज खादैनथे शुद्ध दाल भात र तरकारी खाने गर्थे । व्राहमण नै रानीमहलमा वाहिरी भागमा खाना पकाउने र खुवाउने प्रचलन थियो । रानीमहल बनाउनका लागि तिब्वतवाट खड्क शम्सेरले भवन निर्माण ठेकदार ल्याएर बनाएको पाईन्छ । त्यतीवेला सुन्नमा आए अनुसार पाल्पा स्याङ्जाका गुल्मीका जनताहरुले पनि रानीमहल बनाउनका लागि आवश्यक सामग्री पाल्पा तानसेनबाट वोकेर लगेको पाईन्छ । यो रानीमहल भवन पुरै लथालिङ भताभुङग भएको देखेर २०४९ सालमा जिल्ला विकास निर्वाचन पछी सभापती प्रेमनाथ वस्याल उपसभापती यादव वहादुर रायमाझी सदस्यहरु डुल वहादुर कुँवर, पोषकान्त वस्याल, लाल वहादुर खत्री लगाएतले रानीमहलको अवलोकन पछि मर्मत संभार सरसफाई शुरु भएको पाइन्छ । त्यसवाट अगाडी मर्मतका लागी कसैको दृष्टी पुगेको थिएन । त्यसपछी क्रमश पुरात्व विभागको ध्यान आर्कषण पत्र जिविस पाल्पाले पठाएपछी मर्मतको लागि बजेट आउन शुरु गरेको हो । त्यस ठाउँमा पुग्न मोटर बाटो थिएन मानिसमात्र हिँड्ने बाटो थियो । त्यस भेगमा गाडी हिड्ने सडक बनाउनका लागि जिविसबाट रकम विनियोजित गर्नका लागि यादव वहादुर रायमाझी, डुल वहादुर कुँवर, पोष कान्त वस्याल, लाल वहादुर खत्रीको महत्वपुर्ण योगदान रहेको छ । त्यस लगतै वतासे रानीमहल सडक निर्माण कार्य अगाडी वढी हाल रानीमहल अगाडी नै सडकवाट सवारी साधनहरु पुग्ने गर्दछ । अर्को बाटो पाल्पाको मिसन हुँदै दैलातुङबाट पनि सवारी साधन रानीमहल पुग्दछ । रानीमहल पुरै मर्मत भई हाल रानीमहल दरवार हेर्नका लागि र फोटो खिचाउन नेपालभरीका पर्यटक आउनुका साथै वाह्य जस्तो जापान, अमेरिका, भारत लगायत लगभग ८०/९० देशका नागरिकहरु आउने गर्दछन् । पञ्चाएत कालमा झाडी भएको रानीमहल यो देशमा प्रजातन्त्र आउना साथ मर्मत संभार हुँदै आएको छ । यस नदीमा काली गण्डकी उत्तर वाहिनी हुँदै वगेकोले पनि यो स्थानलाई महत्वपुर्ण रुपमा हेरिएको छ । पुरात्वत विभागले हेर्दै आएको थियो भने केही समय प्रदेश सरकारले हेर्दै आएको भएता पनि यतिवेला तानसेन न.पा.ले हेर्दै आएको छ । केही समय रानीमहललाई सेतो र निलो रंङवाट सजाईएको थियो भने हाल आएर यसलाई पुरै सेतो रङले सजाईएको छ । रानीमहल भवन माथी जंगल छ भने तल वगैचा सँगै कालिगण्डकी वगिरहेकी छिन् । यस अगाडी भएको वगरको जग्गा व्यत्तिको नाममा रहेको दावी गरेका छन भने रानीमहल भएको जग्गा सरकारी नै हो । यो रानीमहल सजी सजाउ हुँदै जाँदा यस देशका केही धनाढ्यहरुले होटल खोल्न ठूलो प्रयास गरेका थिए तर असफल भएका छन् नेपालका प्रख्यात स्थानहरुमा ठूला धनीहरुले होटल, क्याफे वार खोल्न नेताहरुलाई पैसा नै फाल्ने समेत गरेका छन । यस रानीमहल दरवार पनि होटल खोल्न ठूलो प्रयास गरेका थिए । चारै तिरको विरोधले गर्दा असफल भएका छन् । अहिलेको रानीमहल साच्चीकै रानीमहलको रुपमा मर्मत संभार भएको छ । यहाँ धेरैको आँखा लोभिएको छ । यहाँ पनि कुनै दिन होटल खोल्नुका लागी विक्री हुन सक्दछ त्यसैले हामी पाल्पाली मात्र होइन ७७ वटा जिल्लाबासीहरुबाट यसको पहेरेदारी रहिरहन्छ । हामी सबै सजकता साथ हेर्नु पर्ने भएको छ । रानीमहल आउनु भएका र नआउनु भएका फेरी एक पटक अवश्य रानीमहल घुम्न आउनु हुनेछ भन्ने विश्वास छ । यस रानीमहललाई ताजमहल अर्थात प्रेमको प्रतिकका रुपमा पनि लिने गरिन्छ । यहाँ सदैव घुम्न र हेर्नका लागि धेरै पर्यटकहरु आउने गर्नुहुन्छ यहाँ अझ वैशाखको महिनामा धेरै नै पर्यटकहरु र नयाँ जोडीहरु धेरै आउने गरेको पाईन्छ । पाल्पाको यो ऐतिहासिक दरवार पाल्पामा भैरव मन्दिर, रिडीको ऋृषिकेश मन्दिर, पाल्पा दरवार, संग्रालय, श्रीनगर, कौडेलेक, मस्यामको जन्तीलुङ्ग, भगवती स्थान मन्दिर, नारायण स्थान मन्दिर, सत्यवती वजै, सुकेताल लगाएतका धेरै ऐतिहासीक र धार्मिक मठमन्दिरहरु र हरियाली लेक र डाँडोमा वजार माडीफाँट समेत छ । पाल्पा सदैव जाडो गर्मीको त्यती महसुस हुँदैन । यहाँ धेरै संख्यामा मगरको वाहुल्यता छ भने अन्य जातीहरु पनि छन् । यहाँको रहन सहन वोली वचन नम्र र सुमधुर छ भने यहाँबाट उत्पादित ढाका करुवा नेवारी खाना, वासा र चुकौनी मुख्य रहेका छन् । नेपालकै ताजमहलले चिनीएको रानीमहल २०७८ साल माघ महिना देखी रानीमहल सङग्रालयमा परिणत भएको छ । खड्क शम्सेरले प्रयोग गरेको भाँडा, मुर्ति तथा अन्य कला कृति अवस्थित छ । अव यस रानीमहलमा विद्युत इन्टरनेट, क्यामेरा लगाएतका सामग्रीको व्यवस्था गरिएको छ । यो महल सरसफाई मर्मत संभार गर्न हाल सम्म ४० लाख भन्दा वढी खर्च भएको र सम्पूर्ण मर्मत गर्न १० करोड जती लाग्ने अनुमान गरिएको छ । वि.स. १९५० मा पाल्पा गौंडाका लागि तैनाथवाला प्रधान सेनापती खड्क शम्सेरले आफ्नो दिवगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरिएका थिए । १९५० मा शिलान्यास गरी १९५४ कालीगण्डकीको चट्टान माथी पश्चिमी कला कौशलको वेजोड नमुनाले सिङ्गारिएको रानीमहल वि.स. १९६० मा खड्क शम्सेरले श्री ३ को पद र उपत्यका कव्जा गर्ने षणयन्त्र गर्न पाल्पाबाट सेना पठाएका थिए यो कुरा चन्द्र शम्सेरले थाहा पाए पछी यिनी सरकारी ढुकुटी लिएर भारत पलाएन भएको एतिहासिक कथन छ । यो रानीमहल संङग्रालय पाल्पाको बतासे देखी १३ किलो मिटर भित्र पर्छ यो वौघागुम्हा तानसेन न.पा. १३ मा पर्छ । हाल रानीमहल संग्रालयमा परिणत भए पछी पहाडको खानी दुलही झै सिंगारिएकी रानी जस्तै देखिन्छ । यो रानीमहल हेर्नका लागी धेरै पर्यटकहरु आउन आतुर भएको देखिन्छ भने धनाढ्य, नेता,व्यवसायीहरुले दरवारमा जस्तै यहाँ पनि होटल बनाउनका लागि धेरैले आखाँ लोभ्याएका छन् तर संभव र सहज हुन भने सक्दैनन् । लेखक : पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसाय समिति पाल्पाका वरिष्ठ उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update