Erani Mahal
पाल्पामा ७४ नयाँ  काेराेना संक्रमित थप, ४२ घर फिर्ता !
271856281_471777461055464_5894531578242610486_n
पाल्पा – पाल्पामा शुक्रवार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानका १४८ जनाकाे एन्टिजिन र पिसिआर परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार शुक्रवार ७४ जना कोरोना संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या ७३० पुगेको छ । स्वास्थ्य कार्याल पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले जिल्लामा सक्रिय संक्रमितको संख्या ७३० पुगेको जानकारी दिनुभयो । शुक्रवार पाल्पामा विभिन्न स्थानका ४२ जनाले काेराेना जितेर घर फिर्ता भएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । हेर्नुहाेस् तथ्यांक
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update