Erani Mahal
तानसेनको २३ कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण : कार्यालय बन्द !
271800371_239752378331529_9015374464211769606_n
पाल्पा – तानसेन नगरपालिकाको कर्मचारी र जनप्रतिनिधि गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयले ३२ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो । पाण्डेयका अनुसार जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि थप संक्रमण नफैलियोस भनेर १५ गतेदेखि २१ गतेसम्म कार्यालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । विश्वभर तीव्र रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण पाल्पाका प्रशासन, नापी लगायतका कार्यालयहरु समेत बन्द भएका छन् । कोभिड जोखिम बढ्दै गएकाले सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update