Erani Mahal
१० वर्षमा पाल्पाकाे जनसंख्या कहाँ घट्याे, कहाँ बढ्याे ? (तथ्यांक सहित)
population palpa
पाल्पा – पाल्पा जिल्लाको जनसंख्या घटेको छ । पछिल्लो दश वर्षमा पाल्पामा १८ हजार बढी जनसंख्या घटेको हो । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जिल्लाको ९ वटा पालिकामा जनसंख्या घटेको छ । एउटा पालिकामा भने जनसंख्या बढेको छ । जिल्लाको ठूलो शहर भएर पनि तानसेनको जनसंख्याको स्थिति ओरालो अवस्थामा छ । जिल्लाको निस्दीबाट सबैभन्दा बढी मानिस बसाईसराई भएका छन् । भौगोलिक हिसाबले दुर्गम भएकाले पनि निस्दीको जनसंख्या कम हुँदै गएको अनुमान गरिएको छ । निस्दीपछि बगनासकाली गाउँपालिकाबाट समेत बसाईसराई गर्ने मानिसको संख्या बढेको छ । यसले पनि बगनासकालीको जनसंख्या चार हजार बढीले कम भएको छ । जिल्लाको माथागढी र तिनाउमा अन्य पालिकाको तुलनामा जनसंख्या कम मात्रामा घटेका छन् । हेर्नुहोस् तथ्यांक सहित तथ्यांक स्राेत : तथ्यांक विभाग ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update