Erani Mahal
पाल्पाको रामपुरमा १० दिनपछि जंगलमा शव फेला
death-1
पाल्पा – पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० वर्दलेको धर्मकुमारी न्यौपानेको शव फेला परेको छ । रामपुर नगरपालिका–१० वर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक बनको भिरदेखि तल करिव ३ सय मिटर दुरीमा फेला परेको हो । माघ ३ गतेदेखि घरबाट बेपत्ता भएकी उनको खोज तलास गर्ने क्रममा उक्त भिरमा बिहीवार साँझ ४ बजे शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update