Erani Mahal
कर्मचारीमा कोरोना देखिएपछि पाल्पाको जिल्ला प्रशासन र नापीका सेवा बन्द  !
f
पाल्पा– विश्वभर फैलिएको कोरोनाको तेस्रो भेरियन्टका कारण कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाल्पाको जिल्ला प्रशासन कार्यालयका सेवा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार नागरिकता शाखामा काम गर्ने तीन जना कर्मचारीमा कोरोना देखिएको र अन्य कर्मचारीमा समेत कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकोले एक हप्ता सेवा बन्द गरिएको बताउनुभयो । आज १४ गते शुक्रवारदेखि २१ गतेसम्म कार्यालयको शान्तिसुरक्षा, विपद्, महामारीजन्य, मुद्धा लगायतका अत्यावश्यक सेवा बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, मतदाता नामावली संकलन लगायतका कार्यहरु बन्द गरिएको छ । पन्तका अनुसार संक्रमणको जोखिमको अवस्थालाई मध्यनजर गरेर अन्य सेवाहरु दिनेसम्बन्धमा जानकारी गराइनेछ । यस्तै नापी कार्यालयमा समेत कर्मचारीलाई कोरोना देखिएपछि एकहप्ता सेवा बन्द गरिएको कार्यालयले सूचना जारी गरेर जनाएको छ । कार्यालय १६ गतेसम्म सेवा बन्द गरिएको नापी अधिकृत अर्जुन पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update