Erani Mahal
अवैध चुनढुंगा उत्खनन् वन्द गर्न वाईसिएल पाल्पाको माग !
Yc
पाल्पा– जिल्लाका विभिन्न स्थानबाट सचालित चुनढुंगा खानीहरुले अबैध चुनढुंगा उत्खनन् गरेको विषयमा वाइसिएल पाल्पा तिनाउँ गाउँकमिटिले ध्यानाकर्षण भएको जनाएको छ । उसले तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ मार्फत अध्यक्षको ध्यानाकर्षण गरेका हुन् । अवैध चुनढुंगा उत्खन्न, मापदण्ड भन्दा बढी दोहनले प्रर्यावरणीय र आर्थिक क्षय भएको भन्दै त्यसलाई तत्काल रोक्न माग गरिएको छ । तिनाउँ गाउँपालिकाका अध्यक्ष एवम् केन्द्रीय लेखा आयोगका सदस्य कमल श्रेष्ठको नेतृत्वमा गएको वाइसिएलको टोलीले यस्ता कार्य तत्काल गाउँपालिका र सम्बन्धित निकायले नरोके आफूहरुले बन्द गर्ने चेतावती दिएका छन् । वाइसिएलले अवैध रुपमा संचालित खानी बन्द गर्नुपर्ने, वातावरणीय प्रभाव न्यूनिकरण गर्नुपर्ने, स्थानीयका समस्या समाधानमा ध्यान दिनुपर्ने माग समेत गर्दै त्यसविपरित गतिविधि गर्ने खानीहरु तत्काल बन्द गर्न माग गरेका छन् । भेटमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै छिट्टै नै उपयुक्त निकास निकाल्ने बताउनुभयो । पाल्पा जिल्लाको तिनाउँमा सबैभन्दा बढी खानीहरु रहेको र तिनाउँ क्षेत्रका खानीहरुले राज्यलाई समेत करोडौं रुपैंया राजस्व छलेर चुनढुंगा उत्खनन् गरेको पाइएको छ । यस सम्बन्धमा अख्तियारमा समेत मुद्धा परेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update