Erani Mahal
पाल्पामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु
U.S.-NEW YORK-COVID-19-DEATH TOLL
पाल्पा – पाल्पामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रम्भा–४, का ७२ वर्षीय पुरुष र तानसेन–५, का ९१ वर्षीय पुरुषको समेत मृत्यु भएको हो । मिसन अस्पतालमा उपचारको क्रममा दुबै जना सङ्क्रमितको माघ ११ गते मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रम्भाका मृतकमा स्वासप्रश्वाससम्बन्धी दीर्घ समस्या र तानसेनका मृतकमा मुटुसम्बन्धी दीर्घ समस्या रहेको थियो । एनटिजेन परीक्षण गर्दा दुबैजनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले रानीमहललाइ जानकारी दिनुभयो । पाल्पामा जिल्लामा कोरोनाको तेस्रो लहरमा पहिलो पटक दुई जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । उहाँले काेराेनामा बिरामी बढेसँगै अस्पतालमा भर्ना हुने मानिसकाे संख्या समेत बढेकाे जानकारी दिनुभयाे । दुइ जनाकाे मृत्युसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई सय ५९ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update