Erani Mahal
तिनाउमा मृत भेटिएकी महिलाकाे पहिचान खुल्याे
dead_Body
पाल्पा – तिनाउ–३, मा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । बुधबार बेलुकी तिनाउ गाउँपालिकाको वडा नं. ३, स्थित तिनाउ खोलाकिनारमा मृत भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत भेटिएकी महिला रुपन्देही जिल्ला सैनामैना नगरपालिका–३, बस्ने वर्ष ७८ की जीतकुमारी कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत माघ ७ गते बिहान घरबाट मर्निङ् वाक गर्न भनेर हिड्नुभएका कार्कीको शब पाँच दिनपछि तिनाउमा भेटिएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update