Erani Mahal
पाल्पाकाे जनसंख्या घट्याे : तानसेनमा धेरै, रिब्दीकाेटमा सबैभन्दा कम (हेर्नुहाेस् तथ्यांक)
populations-palpa
पाल्पा – पाल्पा जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार पाल्पा जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ । जसमा १ लाख ११ हजार ९ सय ४० पुरुष र १ लाख ३० हजार ४ सय ८३ महिला रहेका छन्। जिल्लामा ५६ हजार २ सय ७५ घर संख्या र परिवार संख्या ६४ हजार ३ सय १८ रहेको तथ्याङ्कमा उल्लेख छ । परिवारको औसत आकार ३ दशमलब ७७ रहेको छ । जनघनत्व १७७ रहेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १० वटा स्थानीय तहको तथ्याङ्क अनुसार सबै भन्दा धेरैतानसेन नगरपालिकाको जनसंख्या ५१ हजार ४ सय ७० रहेको छ । त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको स्थानीय तहमा रिब्दीकोट गाउँपालिकाको जनसंख्या १५ हजार ६ सय ३६ रहेको छ । त्यस्तै माथागढी गाउँपालिकाको २४ हजार २४, रामपुर नगरपालिकाको ३९ हजार १ सय ९०, पूर्वखोला गाउँपालिकाको १६ हजार १ सय ४५,रैनादेवी छहरा गाउँपालिकाको २३ हजार १ सय २४, रम्भा गाउँपालिकाको १७ हजार ७७, बगनासकाली गाउँपालिकाको १६ हजार ९ सय ३४, तिनाउ गाउँपालिकाको १८ हजार २ सय ९१, निस्दी गाउँपालिकाको १७ हजार ६ सय २९ जनसंख्या रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update