Erani Mahal
निस्दीमा विद्यार्थीहरुका लागि कोरोना विरुद्धको दोस्रो खोप लगाए
nisdii
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा विद्यार्थीहरुका लागि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्राको मोडर्ना खोप लगाएको छ । खोपको पहिलो दिन माघ ११ गते छात्रा ६८४ जना र छात्र ६३३ जना र माघ १२ गते दोस्रो दिन छात्रा ३१९ जना र छात्र ३२४ जना गरि ६५३ जना विद्यार्थीले खोप लगाएको स्वास्थ्य संयोजक रेम बहादुर दिशा मगरले बताउनुभयो । जम्मा १४ विद्यालयमा खोप केन्द्र बनाएको निस्दीमा हालसम्म २ हजार विद्यार्थीले खोप प्राप्त गरेको संयोजक दिशा मगरले जानकारी गराउनु भएको छ । यसैगरी भेरोसेल खोपको दोस्रो मात्रा ५५६ जना र पहिलो मात्रा ८२ जनाले लगाएका छन् भने कोभिसिलको पहिलो मात्रा १० जना र दोस्रो मात्रा ८० जनाले लगाएका छन् । हाललाई कर्मचारी र जनप्रतिनिधिहरुका लागि बुस्टर डोज मध्ये भेरोसिल ३ जना र कोभिसिल ६१ जनाले लगाएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update