Erani Mahal
जिल्ला प्रशासन कार्यालय पाल्पाले माघ १४ गतेदेखि अत्यावश्यक वाहेकका सबै सेवा स्थगित
Image (2)
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । प्रशासन कार्यलयमा कार्यरत कर्मचारीमा आज कोरोना परिक्षण गर्दा ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको प्रशासनले जनाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले माघ १४ गतेदेखि २१ गतेसम्म लागू हुने गरी शान्ति सुरक्षाका मुद्दा, विपद् तथा महारीजन्य संकट व्यवस्थापनका अत्यावश्यक कार्य बाहेकको अन्य सेवा स्थगित गरिएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update