Erani Mahal
पाल्पामा एकैदिन १ सय १० जनामा कोरोना संक्रमण : सक्रिय संक्रमितको संख्या ६ सय ४६ पुग्यो
Child-Corona-Virus-1024x624
पाल्पा – पाल्पामा एकैदिन १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ५ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ११ जना, रैनादेवी छहरा गाउँपालिकाका १२ जना, रम्भा गाउँपालिकाका ५ जना, बगनासकाली गाउँपालिकाका १४ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, निस्दी गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका ५५ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसिआर विधिबाट गरिएको १ सय ८० जनाको कोरोना परीक्षणमा थप १ सय १० जना नयाँ संक्रमित थपिएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ४६ पुगेको सूचना अधिकारी पोखरेलले बताउनुभयो । उहाँका अनुसार सक्रिय संक्रमितमध्ये ११ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा ६ जना संक्रमित भने संक्रमण मुक्त भएको छन ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update