Erani Mahal
पाल्पाकाे सडकमै यात्रा गरिरहेका ५० प्रतिशत नागरिकमा कोरोना सङ्क्रमण
272686461_10226049347396391_5718026615826968393_n
पाल्पा – स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, तानसेन नगरपालिका र जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा सडकमै कोरोना परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाको कार्यालय परिसरमा सडकमा यात्रा गरिरहेका नागरिकलाई कोरोना परीक्षण गरिएको हो । बुधबार दिउँशो गरिएको १०० जनामा गरिएको एनटिजेन परीक्षणमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । परीक्षणको क्रममा कोरोना सङ्क्रमण देखिएका तर स्वास्थ्य अवस्था समान्य भएका नागरिकलाई तत्काल होम आइसोलेसनमा बस्न पठाइएको थियो । कोरोना परीक्षणमा सर्वसाधारण नागरिक, निजामति सेवाका कर्मचारी, सेना, प्रहरीको सहभागिता रहेको थियो । यो अभियानलाई तानसेनको विभिन्न स्थानमा निरन्तरता दिइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । कोरोना नियन्त्रण गर्न सडकमै कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । ‘बजारमा अहिले पनि लक्षण नदेखिएका ५० प्रतिशत मानिसमा कोरोना सङ्क्रमण देखियो उहाँले भन्नुभयो त्यसमा खोप नलगाएका, मास्क नलगाई हिडेका नागरिक बढी रहेका छन् ।’
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update