Erani Mahal
निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न
271754404_608543123553387_556820679906718293_n
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माणकार्य सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरि ४ लाख रुपैयाँको लागतमा निर्माणकार्य सम्पन्न भएको हो । अर्चलेको वडा स्तरीय खेल मैदानमा वडा कार्यालय भवन बन्ने भए पछि वडा स्तरीय छनौट खेलहरु सिमलडाँडाको खेलमैदानमा हुँदै आइरहेको थियो । अहिले खेलमैदान थप व्यवस्थित भएपछि यसको स्तर उन्नति भएको र अझ सहज रूपमा खेल सन्चालन गर्न सकिने वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ । वडा स्तरको खेलमैदानको व्यवस्था नभए सम्मका लागि वडाका छनौट खेल सिमलडाँडा टोलमा गरिने खेलकुद समन्वय समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीले बताउनुभयो । त्यसैगरी सोही बराबरको लागतमा निर्माणकार्य सम्पन्न भएको रनगुवा खेलमैदानमा आगामी माघ १४ गते देखि टोल स्तरीय भलिबल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update