Erani Mahal
लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी
272827145_2106990812806139_3014650303658430408_n-1024x577
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएकाे हाे । बुधबार भएको निर्वाचनको मतगणना गर्दा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी हुनुभएको हो । उहाँहरूले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update