Erani Mahal
पाल्पाकाे बर्तुङ्मा ट्याक्टरले स्कुटीलाई ठक्कर दिदा एक जना महिलाको मृत्यु
IMG_7193
पाल्पा - जिल्लाको तानसेन–६, बर्तुङ्मा ट्याक्टरले स्कुटीलाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहनुभएको छ । बुधबार दिउँशो २ बजे तानसेन नगरपालिका–६ बर्तुङ्मा चोक स्थित बर्तुङ्मा देखि प्रभासतर्फ जादैँ गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्याक्टरले तानसेनबाट माथागढी जाँदै गरेको लु ४६ प १६१९ नम्बरको स्कुटीलाइ ठक्कर दिदाँ गाहा गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते गाहालाई उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजादैँ गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्कुटीलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update