Erani Mahal
दमकडा माविलाइ सामुदायिक तर्फ जिल्लामै पहिलो इन्टरनेशनल स्कूल अर्वाड
271909352_653013785879229_6927639354164776718_n
पाल्पा– जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको दमकडा माध्यमिक विद्यालयले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयतर्फ व्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कूल अर्वाड २०२०–२३ पाएको छ । नमुना विद्यालयको रुपमा रहेको दमकडा नमुना माविमा प्राविधिक धार सहित अपाङ्गगता भएका व्यक्तिहरुलाई समेत विशेष कक्षा संचालन गरिदै आएको छ । विद्यालयमा सिकाईलाई समृद्ध बनाउने योजना अनुसार वितरण गरिने यो अर्वाड पाल्पाको सामुदायिक सरकारी विद्यालयमा जिल्लामै पहिलो भएको विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले बताउनुभयो । विद्यालयमा अहिले कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १ हजार बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका आइसिटि प्रमुख शिक्षक जीवन आचार्यले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा पाल्पा जिल्लामै पहिलो पटक अन्तराष्ट्रिय स्तरको अर्वाड पाउनु राम्रो पक्ष भएकोले विद्यालयलाई आगामि दिनमा शैक्षिक र भौतिक विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । कक्षा १ देखि नै अंग्रेजी माध्यममा पढाई हुने विद्यालयमा विज्ञान, शिक्षा, सिभिल इन्जिनियरिङ्ग, व्यवस्थापन विषयमा पढाई हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार दमकडा मावि नाममात्रै नमुना नभएर अब काममा पनि नमुना बनाउने प्रयास आफूहरुले गरेकोर सोही अनुसार अहिले अन्तराष्ट्रिय स्तरको अर्वाड प्राप्त भएकोमा अर्वाड प्राप्त गर्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । यो अवार्ड निजी विद्यालयहरुले प्राप्त गरिरहेका भए तापनि पाल्पामा सामुदायिक विद्यालयतर्फ दमकडा माध्यमिक विद्यालयले पहिलो पटक पाएको हो । विद्यार्थी तथा शिक्षकलाई सिकाइमा नयाँ दृष्ट्रिकोण प्रदान गरी विश्वमा काम गर्न सक्ने सीप विकास गराइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update