Erani Mahal
नेपालको जनसंख्या दुई करोड ९१ लाख, महिलाको जनसंख्या ८ लाखले बढी
central-burea-of-statistics1617188598
नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो । जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या सात लाख ९० हजारले बढी रहेको जनाएको छ । तथ्याङक अनुसार हाल महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागले जनाएको छ । त्यसै गरी विदेशमा रहेका नेपालीको तथ्याङक २१ लाख ६९ हजार ४७८ रहेको छ। २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत रहेको छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update