Erani Mahal
बुटवलबाट दाङतर्फ गइरहेको प्रदेश सांसद सवार स्कार्पियाे दुर्घटना
accident-samsad-1024x495
बुटवल - राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराही जाँदै गरेको स्कार्पियो दुर्घटनामा परेको छ । महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबाङको बीचमा स्कारपियो र ट्रक जुधेका थियाे । दुर्घटनामा सांसद सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश सांसद तुलसी चौधरी र एकजना घाइते भएकाे हाे । घाइतेहरूलाइ उपचारको लागि अस्पताल पठाइदै छ । घाइतेको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयाे । सांसद चौधरी चढेको बा २ झ ३४४४ नम्बरको स्कार्पियोलाई सुदुरपश्चिम–०१–००–११ १ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update